‘गाँजा बाजा’ को ‘रिगीपिटी’ गीत रिलिज (भिडियो)



फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गाँजा बाजा’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘रिगीपिटी’ बोलको गीतमा निख एण्ड जटाको संगीत, निर्मल गर्तौलाको शब्द र जटावेडा बनेर्जीको स्वर रहेको छ ।

गीतमा चलचित्रका कलाकारहरु फिचरिङ छन् ।

गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा निर्मित यो चलचित्रमा अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारहरुको अभिनय छ ।

दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा निर्माता रहेको यो चलचित्रमा याकोपो रास्लिकको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । चलचित्रलाई डीआर फिल्मस् र टुका इन्टरटेनमेन्टले संयूक्त रुपमा निर्माण गरेको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu