यसकारण सलमानका लागि कथा लेख्दिनँ : सलीम खान



बलिउडका चर्चित स्क्रिप्ट राईटर सलीम खानले आफ्नो छोरा सलमान खानका लागि फिल्म नलेख्नुको कारण बारे खुलासा गरेका छन् । बलिउड दबंग खानका पिताले बलिउडलाई धेरै हिट फिल्महरु दिएका छन् ।

तर, सलमानबारे उनले भनेका छन्, ‘म आफ्नो छोराको यस कारण फिल्म लेख्दिनँ, किनभने मैले लेखेको फिल्म यदी असफल भएमा यो सबै दोष मलाई आउनेछ, त्यस्तै सफल भएमा सबै प्रयास सलमान खानको हुनेछ ।’

‘यो साँचो होइन कि मैले सलमान खानको लागि फिल्म लेखेको छैन । उसको लागि मैले ‘पत्थर के फुल’ फिल्म लेखेको थियो, जुन राम्रो चलेको थियो ।’, उनले भने ।

उनले थप्दै भने, ‘जब आज मैले कुनै फिल्म लेखेँ भने मप्रति धेरै प्रश्नहरु उठ्नेछन् जुन म चाहँदिन । मलाई यो दुष्चक्रमा पर्नु छैन ।’

सलीम र जावेद अख्तर मिलेर सन् १९७० को दशकमा ‘दीवार’, ‘शोले’, ‘डन’ जस्ता हिट फिल्महरु लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu