कान्छीको प्रेममा प्रज्जवल (भिडियो)



दोस्रो सातामा प्रदर्शनरत अभिनेत्री तथा निर्मात्री श्वेता खड्का स्टारर चलचित्र ‘कान्छी’ को चौथो गीत रिलिज भएको छ । निर्देशक आकाश अधिकारीको शब्द रहेको ‘एक पल’ बोलको गीतमा शम्भूजित बाँस्कोटाको संगीत छ ।

स्वर अञ्जु पन्त र युवराज चौंलागाईंको छ । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा नायिका श्वेता खड्का र नायक प्रज्जवल सुजल गिरी प्रस्तुत छन् । श्वेता यतिबेला दोश्रो सातामा मोफसल यात्रामा छिन् । हेटौंडा, चितवन र बुटवलका दर्शक माझ श्वेता पुगेकी हुन् ।

चलचित्रमा श्वेता र प्रज्वलसँगै अभिनेता दयाहाङ राई, नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मालगायत कलाकारहरुको पनि अभिनय रहेको छ ।

याम थापाको स्क्रिप्ट रहेको ‘कान्छी’ मा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र शम्भूजित बाँस्कोटाको संगीत रहेको फिल्मका सबै गीतमा वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu