‘ब्ल्याक’ पोष्टरमा आँचल र आकाशको प्रेम



अभिनेत्री आँचल शर्मा र अभिनेता आकाश श्रेष्ठ स्टारर नेपाली चलचित्र ‘ब्ल्याक’ को फस्टलुक पोष्टर रिलिज भएको छ । निर्माण ब्यानर आश्मा फिल्मस् प्रालीले पोष्टर सार्वजनिक गर्दे चलचित्रको प्रदर्शन मिति आगामी जेठ ११ लाई कन्फर्म गरेको छ ।

सार्वजनिक पोस्टरमा आँचल र आकाश प्रेमभावमा देखिन्छन् । निर्माण टिमले मुख्य दुई कलाकार मात्रै फिचर भएको पोष्टर सार्वजनिक गर्दै नयाँ पुस्ताका दर्शकमाझ आफ्नो फिल्मलाई उभ्याउन खोजेको छ ।

आश्मा पाण्डेको निर्माणमा बनेको चलचित्रको पोष्टर रिलिजसँगै औपचारिक रुपमा प्रचार प्रसारको थालनी गरिएको निर्देशक श्रेष्ठले बताए ।

‘पछिल्लो समय नेपाली चलचित्रप्रति आकर्षित भइरहेको र निरन्तर हेरिरहेका दर्शकको मनोभावना बुझ्नेगरी चलचित्र तयार गरेका छौँ, निर्देशक प्रदिप श्रेष्ठले भने, ‘हाम्रो चलचित्रले आजसम्म हलमा नपुगेका नयाँ दर्शकलाई समेत आकर्षण गर्नेछ ।’

एक्सन लभस्टोरी जनराको फिल्म मौनता श्रेष्ठको लेखनमा तयार भएको हो । ‘ब्ल्याक’ मा महेश खड्का र प्रतिक पौडेलको संगीत छ भने द्वन्द्व निर्देशनको काम चन्द्र पन्तले गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी समावेश हुँदा सम्पादन अर्जुन जिसीको छ ।

फिल्मलाई राजधानीमा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् भने मोफसलमा मनोज राठी र उज्जल पौडेलले वितरण गर्नेछन् । चेतनकुमार पाण्डे फिल्मका कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu