कस्तो छ ‘मंगलम’ ? यस्तो भन्छन् छविराज



फागुन २५ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘मंगलम’ ’पर्ख पर्ख मायालु’ बोलको गीत अचेल निकै चर्चामा छ । युट्युबमा ७० लाखभन्दा बढी पटक हेरिएको यही गीतका कारण पनि चलचित्रले बक्स अफिसमा राम्रो नतिजा ल्याउन सक्ने धेरैको अनुमान छ ।

अहिले निर्माता छविराज ओझा, निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, अभिनेता पुष्प खड्का चलचित्रको प्रचार-प्रसारका लागि मोफसल यात्रामा निस्केका छन् ।

मंगलवार चितवन पुगेका छविराजले ‘मंगलम’ पारिवारिक प्रेम कथामा आधारित रहेको बताए । उनले भने, ‘मैले आजसम्म २२ वटा चलचित्र निर्माण गरिसकेँ । २३ औँ चलचित्र ‘मंगलम’ गर्दा भने मैले आफूलाई चुनौती महशुस गरेको छु । २२ वटा चलचित्र लगभग एक्सन प्रधान थिए । तर, ‘मंगलम’ विशुद्ध पारिवारिक चलचित्र बनेको छ ।’


निर्देशक नवल नेपालले आफूले इमान्दारपूर्वक काम गरेको बताए । उनी भन्छन्, ‘चलचित्र भयंकर छ त भन्दिनँ तर राम्रो भने अवश्य बनेको छ ।’ यस्तै, ‘मंगलम’ का दुई प्रमुख कलाकार शिल्पा पोखरेल र पुष्प खड्काले चलचित्रबाट निकै आशावादी रहेको बताए ।

यो चलचित्रमा शिल्पा र पुष्पसँगै नायक पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा मुख्य भूमिकामा छन् भने, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा छिन् ।

‘मंगलम’ मा विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ । फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu