‘सुश्री सम्पत्ति’ को मुहूर्त, सलोनको जोडी सारा !



नायिका सारा सिर्पालीसँग नायक सलोन बस्नेतले रोमान्स गर्ने चलचित्र ‘सुश्री सम्पत्ति’ को छायांकन सुरु भएको छ । मगंलबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा एक कार्यक्रमका बीच चलचित्रको शुभमुहूर्त गरियो ।

कमेडी जनरामा निर्माण हुने चलचित्रको सम्पूर्ण छायांकन पोखरामा हुने निर्देशक आचार्यले बताए । चलचित्रमा समावेश एउटा गीत भने काठमाडौंमा खिचिने छ । सुख-सुविधामा हुर्किएकी एक युवतीको कथा चलचित्रले बोल्छ ।

वर्ष २०७५ को तीजको छेकोमा प्रदर्शन हुने ‘सुश्री सम्पत्ति’ मा नायिका प्रियंका कार्की गेस्ट रोलमा देखिँदै छिन् । विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहने छ ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुब्रत आफैंले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको चलचित्रको स्क्रिन प्ले अभिमन्यूकै हो ।

सुरेश अधिकारीको सोलो शब्द र संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायांकन रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu