रेखाको ‘लाल मस्तिष्क’ घोषणा



यस वर्ष प्रदर्शनमा आएको चलचित्र ‘रद्रप्रिया’ बाट सफलता हात पार्न नसकेकी अभिनेत्री रेखा थापा अब नयाँ चलचित्रको तयारीमा जुटेकी छिन् । उनले आफ्नो होम प्रोडक्शन हाउसबाट निर्माण हुन लागेको नयाँ चलचित्रको नाम ‘लाल मस्तिष्क’ राखेकी छिन् ।

चलचित्रलाई लेडी निर्देशक सम्झना रौनियारले निर्देशन गर्नेछिन् । अब बाहिरी ब्यानरका चलचित्रमा काम नगर्ने उद्घोष गरेकी रेखाको यो चलचित्रमा प्रमुख भूमिका हुनेछ । नायकको नाम भने गोप्य राखिएको छ ।

वर्ष २०७५ को तिहारमा प्रदर्शनमा ल्याउने तयारी गरिएको ‘लाल मस्तिष्क’ को चाँडै छायांकन सुरु हुने रेखाले जानकारी दिइन् । चलचित्रले जिवन र यात्राको कथा भन्नेछ ।

रेखाकी दिदी तारा थापा राणाले चलचित्र निर्माण गर्दैछिन् । निर्मातामा आमा सरस्वति थापा र नर कार्की पनि रहनेछन् ।

चलचित्रमा रामशरण उप्रेतीको छायांकन, सुरेश अधिकारीको संगीत र बसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ । द्वन्द्व निर्देशन राजकुमार उप्रेतीले गर्नेछन् । चलचित्रको स्क्रिप्ट शिवम अधिकारीको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu