‘चाँदनी’ श्रीदेवीको अन्त्येष्टि



आफ्नो अभिनय र सौन्दर्यताको जादूले ८० र ९० दशकको भारतीय चलचित्र उद्योगमा एकछत्र राज गरेकी बलिउडकी ‘चाँदनी’ श्रीदेवी सदाका लागि पञ्चतत्वमा विलीन भएकी छिन् । बुधवार उनको अन्त्येष्टि राजकीय सम्मानका साथ मुम्बईको भिले पार्ले सेवा समाज श्मशान गृहमा गरियो । श्रीदेवीको शवमा पति बोनी कपूरले मुखाग्नि दिए ।

उनको अन्तिम संस्कारका लागि विशेष गरि तमिलनाडुबाट पण्डित बोलाइएको थियो । आर्यघाटमा कपूर परिवार सबै उपस्थित थिए । श्रीदेवीको अन्तिम संस्कारको समयमा शाहरुख खान, प्रसून जोशी, सुनील शेट्टी, अनुपम खेर, अमिताभ बच्चन, जावेद अख्तर, शबाना आजमी, फरदीन खान, करण जोहर जस्ता चर्चित सेलिब्रेटीहरु पुगेका थिए ।

अन्तिम संस्कार अगाडि श्रीदेवीलाई रातो रंगको साडीमा बेहुली झैँ सजाइएको थियो । यसअघि उनको पार्थिव शरीरलाई लोखन्डवालास्थित सेलिब्रेशन क्लबमा अन्तिम श्रद्धञ्जलीका लागि राखिएको थियो ।


अन्तिम यात्राका लागि जुन ट्रकमा श्रीदेवीको पार्थिव शरीर राखिएको थियो, त्यसलाई सेतो रंगको फूलले सजाइएको थियो । ट्रकमा पार्थिव शरीरसँग पति बोनी कपूर, छोरा अर्जुन कपूर, छोरी खुशी-जाह्नवी, देवर सञ्जय कपूर उपस्थित थिए ।

श्रीदेवीको अन्तिम दर्शनका लागि बलिउडका चर्चित कलाकारहरु मात्र नभएर राजनीतिक व्यक्तित्वहरु पनि पुगेका थिए । मुम्बईको सडकमा उनका प्रशंसकहरुको थामिनसक्नुको भीड लागेको थियो । भीड यति धेरै थियो कि प्रहरीले लाठी चार्ज गर्न बाध्य भएको थियो ।

मंगलवार साँझ साढे १० बजे लामो प्रक्रियापछि दुबईबाट श्रीदेवीको पार्थिव शरीर मुम्बई ल्याइएको हो । एउटा विवाह समारोहमा सहभागी हुन स-परिवार दुबई गएका बेला शनिवार उनको मृत्यु भएको थियो । दुबई पुलिसका अनुसार, पोस्टमार्टम रिपोर्टले श्रीदेवीको मृत्यु होटलको कोठामा रहेको बाथटबमा डुबेर भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu