सलमान भन्छन्, ‘मसँग बिहे गर्ने पैसा नै छैन’



बलिउडका ५२ बर्षिय दबंग ब्वार्इ सलमान खान अविवाहित छन् । फिल्मी जीवनमा हरेक किसिमका सफलता चाखिसकेका उनी प्रेम-बिहेको मामलामा भने असफल र अभागी सिद्ध भएका छन् । संसारभर करोडौं फ्यान भएका सलमानले किन बिहे गर्दैनन् त ? हालैमा उनले यसको उत्तर दिएका छन् ।

एक इभेन्टको क्रममा उनले भने, ‘मसँग बिहे गर्ने पैसा नै छैन ।’ एउटै फिल्मबाट भारु ६० करोडभन्दा बढी पारिश्रमिक बुझ्ने सलमानसँग बिहे गर्ने पैसा नभएको होला त ? पत्याउन गाह्रो पर्छ ।

सलमान आफ्नो कमाईको केही हिस्सा समाजसेवामा खर्चन्छन् । यसै प्रशंगमा उनको बिहेको कुरा आएको थियो । उनी अगाडि भन्छन्, ‘म खुब च्यारिटी गर्छु । तर, कहिले काहीँ म कहाँ केही व्यक्ति दुई/अढाई लाख सहयोग माग्दै आउँछन् । उनीहरु आफ्ना छोरीको बिहेका लागि पैसा चाहिएको भन्छन् । तर, म यस्ता व्यक्तिको सहयोग गर्न सक्दिनँ । किनभने, मेरा पिता (सलीम खान) स्वंमले १ सय ८० रुपैयाँमा बिहे गरेका थिए ।’

सलमान अगाडि भन्छन्,  ‘अहिले बिहेमा लाखौं, करोडौं खर्च लाग्छ त्यसैले मसँग यति धेरै पैसा छैन कि जसले बिहे गरौं ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu