यस्तो छ ‘शत्रु गते’ को ट्रेलर (भिडियो)



यो बर्षको प्रतिक्षित चलचित्र ‘शत्रु गते’ को कमेडी ट्रेलर रिलिज भएको छ । चलचित्रका यस अगाडिका २ वटा गीतले राम्रो प्रतिक्रिया पाएका कारण पनि यसको ट्रेलर सबैका लागि प्रतिक्षामा थियो ।

प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रको ट्रेलरमा ‘शत्रु गते’ का अधिकांश लिड कलाकारलाई समावेश गरिएको छ । चलचित्रको ट्रेलरमा प्रयोग गरिएका संवादहरुले दर्शकलाइ हसाँउनेछन् । जसकाकारण, ‘शत्रु गते’ दर्शकका लागि विशेष रहने पक्का छ ।

हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि चलचित्रको हाइप बढ्दो छ ।

तराई र काठमाण्डौमा छायांकन गरिएको यस चलचित्रलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन् । चलचित्रलाई मह सञ्चारले निर्माण गरेको हो भने यसको प्रस्तुतकर्ता किरण केसी रहेका छन् ।

यस्तो छ ट्रेलर :-

यो चलचित्रमा समावेश ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ बोलको गीतले अहिले बजारमा धुम मच्चाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu