सलिनले फेरि झरनाकै चलचित्रमा काम गर्ने



सुपरहिट नेपाली चलचित्र ‘ए मेरो हजुर २’ का ‘डेब्यू ब्वाई’ सलिनमान बनियाँले पुनः अभिनेत्री तथा निर्देशक झरना थापाको नयाँ फिल्ममा काम गर्ने भएका छन् ।

डेब्यू चलचित्र रिलिजपछि गुमनाम जस्तै भएका उनी झरनाकै निर्देशनमा बन्न लागेका दुई नयाँ प्रोजेक्ट ‘ए मेरो हजुर ३’ र ‘भागवत गीता’ मध्ये एकमा हुने पक्का भएको निर्माता सुनिल कुमार थापाले जानकारी दिए ।

सुनिलले भने, ‘सलिन घरकै हिरो हो । उसले तत्काल बाहिरको चलचित्र नगर्ने भएपछि फेरि हामीले नै पर्दामा लिएर आउन लागेका छौं ।’


उनी अगाडि भन्छन्, ‘ए मेरो हजुर ३’ र ‘भागवत गीता’ दुवैको स्क्रिप्ट तयार छ । सलिनलाई दुवै चलचित्रको कन्सेप्ट थाहा छ । उसले सबैभन्दा अगाडि बन्ने चलचित्रमा काम गर्छु भनेर मौखिक जानकारी दिएको छ । दुई चलचित्र मध्ये एकमा सलिन पक्का हो ।’ उनका अनुसार, बैशाख २६ गते चलचित्रको घोषणा गर्ने तयारी छ ।

झरना ‘ए मेरो हजुर ३’ भन्दा अगाडि ‘भागवत गीत’ निर्माण गर्ने सोचमा छिन् । यतिबेला उनी विदेश भ्रमणमा छिन् । केही दिनमा नेपाल फर्किएपछि कुन चलचित्र सबैभन्दा अगाडि गर्ने भन्ने कुराको निर्धारण हुने निर्माता सुनिल कुमार थापा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu