१२ वर्षपछि अर्जुनको गायनमा कमब्याक



‘चपली हाईट’, ‘चपली हाईट २’, ‘फिटकिरी’ र ‘फाटेको जुत्ता’ चलचित्र निर्माण गरेका निर्माता अर्जुन कुमारले १२ वर्षपछि गायनमा कमब्याक गरेका छन् । चलचित्र निर्माणमा आउनु अघि उनी एक समय सफल गायकको रुपमा परिचित थिए ।

चलचित्र निर्माण र व्यापार/व्यवसायमा व्यस्त भएपछि उनले गायनलाई समय दिन सकेका थिएनन् । अब १२ वर्षपछि उनले गायनसँगै संगीतकारको रुपमा कमब्याक गरेका छन् ।

उनीद्धारा स्वर र संगीतबद्ध गीत ‘पागल’ को सांगीतिक भिडियो छायांकन अहिले काठमाडौंबाट दक्षिण पश्चिमको थलो फर्पिङमा धमाधम भैरहेको छ ।

निकेश खड्काले निर्देशन गरिरहेको भिडियोमा प्रतीकमान श्रेष्ठ र ब्रिस्टी गुरुङ फिचर्ड छन् । अर्जुनले निर्माण गरेको ‘फाटेको जुत्ता’ लाई निकेशले नै निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu