‘दुई रुपैयाँ’ टिमले ‘डामाडोल’ बनाउँदै



चलचित्र ‘दुई रुपैयाँ’ को टिमले नयाँ चलचित्र निर्माण गर्ने भएको छ । केहीदिन यता ‘दुई रुपैयाँ’ को सिक्वेल निर्माण हुने खबर बाहिर आएको थियो । तर, यस्तैमा ‘दुई रुपैयाँ’ टिमले ‘डामाडोल’ नामक चलचित्र निर्माण गर्न कस्सिएको छ ।

चलचित्रको यतिबेला स्क्रिप्टको काम भइरहेको र बैशाख १५ बाट छायांकन सुरु हुने बताइएको छ । चलचित्रमा आसिफ र निश्चल बस्नेत प्रमुख भूमिकामा हुनेछन् । नायिका छनौट भने भइसकेको छैन ।


जी ट्वान्टी वान पिक्चर्स र ब्ल्याक हर्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘डामाडोल’ लाई ‘दुई रुपैयाँ’ फेम निर्देशक असिम शाहले नै निर्देशन गर्नेछन् ।

फ्लोरमा जानु अगावै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति समेत तय गरेको छ । निर्देशक शाहका अनुसार, चलचित्रलाई वर्ष २०७५ को असोज ५ गते प्रदर्शनमा ल्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu