‘हुर्रे’ का लागि केस मुण्डन गरेँ : अनुप (भिडियो)



खलपात्रको परिभाषा नै बदल्ने अभिनेताको रुपमा कहलिएका अनुप विक्रम शाहीलाई कति चलचित्रमा पोजेटिभ र कतिमा नेगेटिभ भूमिकामा दर्शकले हेर्दै आइरहेका छन् । हालै मात्र उनले डरलाग्दो भिलेन ९निगम बाबा० को रुपमा काम गरेको चलचित्र ‘कृ’ रिलिज भएको थियो ।

अब उनी यही फागुन २५ गते पण्डित महाराज बनेर पर्दामा आउँदैछन् । चलचित्र हो ‘हुर्रे’ । यसअघि उनलाई पण्डितको भूमिकामा दर्शकले देखेका थिएनन् । फरक-फरक भूमिका गर्न रुचाउने अनुप यस चलचित्रका लागि आफ्नो लोभलाग्दो केस मुण्डन गरेको तितो अनुभव सुनाउँछन् ।

‘मेरो हातमा ब्याक टू ब्याक चलचित्र थियो, जसका लागि कपाल अनिवार्य थियो । तर म आफ्नो भूमिकामा कञ्जुस पनि गर्न हिचकिचाउँदिनँ । सायद सबै कलाकारका लागि आफ्नो कपाल काट्नु पर्ने चाहीँ सबैभन्दा ठूलो चुनौती हो जस्तो लाग्छ । मैले न्याचुरल देखियोस् भन्नका लागि केस मुण्डन गरेँ ।’ अनुप भन्छन् ।

आफ्नो मान्छे पशुपति मन्दिरमा पण्डित भएका कारण पनि ‘हुर्रे’ मा ‘महाराज’ को भूमिका निर्वाहा गर्न सजिलो भएको उनको भनाई छ । आफ्नो फरक-फरक अवतारका कारण चर्चामा रहने अनुपको पहिलो पटक पण्डित अवतार दर्शकका लागि पक्कै नौलो हुनेछ ।

भिडियो :-

उनले आफूलाई भर्सटायल एक्टरको रुपमा स्थापित गर्नका लागि पनि चलचित्र ‘हुर्रे’ मा निर्वाहा गरेको भूमिकाले दर्शकको ध्यान खिच्न आवश्यक छ । र, बक्सअफिसमा सुखद नतिजा पनि । ‘महाराज’ को भूमिकालाई पनि दर्शकले एसेप्ट गर्नेमा उनी भने ढुक्क छन् ।

उनी थप्छन्, ‘फरक भूमिका निर्वाहा गर्दा ममा कति अभिनय क्षमता रहेछ भन्ने पनि थाहा हुन्छ । यसकारण पनि मलाई नौलो क्यारेक्टर गर्न मन पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu