अनुपको उपस्थिति प्रदीपलाई भारी पर्ला ?



चैत ३० गते युवा स्टार प्रदीप खड्का अभिनीत बहुप्रतिक्षीत चलचित्र ‘लिलिबिली’ प्रदर्शनमा आउँदैछ । २ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो चलचित्रको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । अन्ततः मंगलवार साँझ चलचित्रको ट्रेलर पनि सार्वजनिक भयो ।

ट्रेलरमा प्रदीप र नव-नायिका जसिता गुरुङको प्रेममा अभिनेता अनुप विक्रम शाही भिलेन बनेका छन् । जुन चलचित्रमा अनुप हुन्छन् त्यहाँ हिरोलाई थ्रेट हुन्छ । कति चलचित्रमा उनका कारण हिरो छाँयामा समेत परेका छन् ।

‘लिलिबिली’ मा प्रदीपलाई अनुपको उपस्थिति महंगो पर्ने त होइन ?

ट्रेलर रिलिज कार्यक्रममा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले भने, ‘चलचित्रमा जति भयंकर भिलेन भए पनि आखिर अन्तिममा जित्ने त हिरोले नै हो । त्यसैले जति भयंकर भिलेन राखे पनि त्यो मलाई नै फाइदा हो ।’

उनले चलचित्रमा अनुप र अर्का अभिनेता सविन श्रेष्ठलाई आफैंले सिफारिस गरेको पनि खुलाए । ‘चलचित्रमा जुन क्यारेक्टर छ त्यो उहाँहरुलाई नै सुहाउने छ । म आफैंले सविन र अनुप जीलाई राख्नका लागि निर्देशक मिलन चाम्सलाई आग्रह गरेको थिएँ ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu