फ्राईडे रिलिजः ‘मंगलम’सँगै ‘हुर्रे’ र ‘गाजा बाजा’ दर्शकमाझ



फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छ्न । चलचित्र हुन्, ‘हुर्रे’, ‘मंगलम’ र ‘गाजाबाजा’ ।

नवल नेपाल निर्देशित चलचित्र ‘मंगलम’ शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्माको अभिनय छ । चलचित्रमा विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ ।

नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन् । नवल नेपालले चलचित्रलाई निर्देशन गरेका हुन् ।

यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको चलचित्र ‘हुर्रे’ मा राजाराम पौडेल, केकी अधिकारी, अंकित खड्का, अनुपबिक्रम शाही, संगीता नापित लगायत लिड रोलमा छन् ।

चलचित्रमा केकीले पशुपतिमा फूल बेच्ने यूवतीको भूमिका निर्वाहा गरेकी छिन् । यस्तै, अनुपबिक्रम पशुपति मन्दिरमा पुजापाठ गर्ने पण्डित महाराज बनेका छन् ।

दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको ‘हुर्रे’ लाई चन्दन दत्तले सम्पादन गरेका छन् ।

यस्तै, गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा निर्मित चलचित्र ‘गाजा बाजा’ मा अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारहरुको अभिनय छ ।

दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा निर्माता रहेको यो चलचित्रमा याकोपो रास्लिकको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । चलचित्रलाई डीआर फिल्मस् र टुका इन्टरटेनमेन्टले संयूक्त रुपमा निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu