वाह् ‘मंगलम’ ! प्रेस शोबाट सकारात्मक प्रतिक्रिया



निर्देशक नवल नेपालले निर्देशन गरेको अर्को नयाँ चलचित्र ‘मंगलम’ लाई प्रेससामु देखाईएको छ । चलचित्र हेर्न आइतवार काठमाण्डौको विग मुभिजमा सञ्चारकर्मी तथा कलाकार उपस्थित थिए ।

चलचित्र हेरेपछि सबैले चलचित्रको तारिफ गरेका छन् । चलचित्रले श्रीमान र श्रीमतिबीचको कथा बोल्छ । ‘मंगलम’ हेर्न निर्माता छविराज ओझाकी पूर्वपत्नी तथा अभिनेत्री रेखा थापा समेत पुगेकी थिइन् ।

चलचित्र हेरेपछि रेखाले कलाकारदेखि निर्माता ओझासम्मको तारिफ गर्न छुटाइनन् । उनले भनिन्, ‘शिल्पा र पुष्पको अभिनयले मन छुन्छ । अन्य कलाकारहरुको अभिनय पनि तारिफ गर्न योग्य छ । निर्देशक नवल नेपालले आफूलाई फेरि एकपटक अब्बल निर्देशकको रुपमा प्रमाणित गर्नुभयो । लगानी गर्न निर्माता ओझाले कञ्जुस गरेका छैनन् ।’

चलचित्रले श्रीमान र श्रीमतिबीचको कथा बोल्छ । यस्तै, अधिकांश पत्रकारले पनि चलचित्र हेरिसकेपछि प्रशंसा गर्दै ‘मंगलम’ टिमलाई बधाइ दिएका थिए । चलचित्र हेर्ने पत्रकारबाट निर्देशक नेपालको निर्देशकीय पक्ष र कलाकार द्वय शिल्पा र पुष्पको कामले तारिफ पाएको थियो ।


छविराज ओझा निर्मित २३ औँ चलचित्र ‘मंगलम’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको पनि अभिनय छ ।

पारिवारिक प्रेमकथामा आधारित उक्त चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu