भदौ १ मा ‘मिस्टर भर्जिन’



नेपाली चलचित्र ‘मिस्टर भर्जिन’ को प्रदर्शन मिति पक्का भएको छ । अब यो चलचित्र वर्ष २०७५ को भदौ १ गतेबाट देशैभर प्रदर्शनमा आउने छ ।

गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सागर ढकाल, सिर्जना सुब्बा लगायतका कलाकारको अभिय रहेको चलचित्रका निर्देशक विशारद बस्नेत हुन् ।

१ करोड लागतमा निर्माण भएको यो चलचित्रले तीन युवाको यौन मनोविज्ञानको कथा बोल्छ ।

चलचित्रलाई वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली. ले निर्माण गरेको हो । चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह-निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।

‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu