यस्ता हर्कतहरु गर्थे बाल्यकालमा सलमान



जब सलमान खान ग्वालिएरको सिंधिया स्कूमा पढ्थे तब उनको छुट्टी मनाउने मनपर्ने स्थान इन्दोर थियो । सलमानको धेरै जसो समय साइकल चलाउनमा व्यस्त थिए । साथीहरुसँग मिलेर आँप झार्ने, जामुन खसाल्ने जस्ता काम उनले बाल्यकालमा धेरै गरे ।

जब सलमानलाई पौडी खेल्न सिक्नका लागि बाधेर कुवाँमा फालियो
सलमान खानका नजिकका रिलेटिभ्सका अनुसार सानोमा पानीदेखी सलमान निकै डराउँथे । एकदिन उनको ठुलो आमाले सलमान खानलाई रस्सीले बाधेर छिमेकीको कुवाँमा फालिदिए । यो सलमान खानका लागि पौडीको पहिलो शिक्षा थियो । यस पश्चात सलमान खान निरन्तर कुवाँमा तैरिन जाने गर्थे ।

इन्दोरको सडकमा स्कुटर चलाउँथे सलमान
सलमान खानको स्कुलको शिक्षा धेरै स्कुलबाट लिए पनि इन्दोरको सडकमा स्कुटर चलाउन भने उनी आइनै रहे । उनलाई साझँपख इन्दोरको सडकमा साइकल र स्कुटर चलाउन धेरै नै मनपथ्र्यो । इन्दोरमा नै सलमानले घोडागाडी चलाउन पनि सिके ।

सलमान खानको हात भाँचिएको थियो
सलमानले बाल्यकाल र युवा अवस्था निकै रमाइलो गरेर बिताएका थिए । आसपासमा रहेका गाउँमा धुलोले भरिएको बाटोमा बाइक स्टन्ट सलमानले गर्थे । यस्तैमा रेसिंङ स्टन्ट गर्दा सलमान खानको हात भाँचिएको थियो ।

सलमान खानका अंकल नईम खानका अनुसार उनी बाल्यकालमा निकै घमण्डी र चुलबुले खालका थिए । सलमानले एकपटक कुनै कुरा लियो भने अरुको कुरा सुदैन्थे । १२ वर्षको उमेरमा सलमान सिडीमा साइकल चलाउने तथा व्यालेन्स गरेर साइकलिङ स्टन्ट गर्ने काम गर्थे ।

पढाइभन्दा खेलकुदमा उनको ज्यादा रुची थियो
सलमान खान सानैदेखि नै खेलकुदमा बढी रुची राख्थे । यसै कारण पनि उनका पिताले उनलाई राम्रो स्कुलमा भर्ना गरे । बोडिङ स्कुलमा सोझै पठाउने काम समेत उनले गरे । तर, हाइ प्रोफाइल स्कुलले समेत उनलाई पढाईमा रुची दिलाउन सकेन । उनी मुम्बईमा स्टेनिस्लास कान्वेट हाईस्कुलमा भर्ना भए तर उनको पढाइमा रुची भने गएन ।

संगीता होइनन् सलमान खानको पहिलो प्रेम
सलमान खानको बायोग्राफी ‘बिङ सलमान’ मा उनको पहिलो प्रेमिकाबारे लेखिएको छ । सलमान खान कसरी उनीसँग भेटे, कसरी लबस्टोरी सुरु भयो र कसरी प्रेम टुट्यो त्यो सबै जानकारी दिइएको छ । उनको पहिलो प्रेमिकाको नाम हो शाहीन जाफरी । जब सलमान खान १९ वर्षका थिए तब उनको पहिलो प्रेम भएको थियो ।

युवतीहरु झिस्काउन सलमान खान सदैव अगाडि
मुबिनका अनुसार सलमान खान धेरै युवतीसँग ख्याल ठट्टा गर्ने गर्थे । उनको आफ्नो हर्कतहरुबाट युवतीहरुलाई डराउने समेत गर्थे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu