‘मंगलम’ लाई दर्शकको साथ, मल्टिप्लेक्समा शो थपियो



बाघ निर्माताको रुपमा कहलिएका छविराज ओझा द्वारा निर्मित २३ औँ चलचित्र ‘मंगलम’ ले यतिबेला हलमा दर्शकको राम्रो साथ पाइरहेको छ । ‘पर्ख पर्ख मायालु’ बोलको गीतका कारण पनि यो चलचित्र धेरैका लागि प्रतिक्षीत थियो ।

चलचित्र हेर्ने दर्शकको चाप सिंगल ‘स्कृन’ मा बढी छ । मल्टिप्लेक्मा पनि दर्शकको संख्या बढ्दै गएको निर्माता ओझाले जानकारी दिए ।

निर्माता ओझा भन्छन्, ‘उच्च वर्ड अफ माउथका कारण मल्टिप्लेक्सले शो बढाइरहेको छ । अधिकांश मल्टिप्लेक्समा प्रत्येक शोमा ७० को आसपासमा दर्शकको उपस्थिति छ । यो मेरो लागि ठूलो उपलब्धि हो । मेरो चलचित्रले मल्टिप्लेक्स छिर्ने अवसर पायो ।’


प्रदर्शनको एक हप्ता नाघ्न लाग्दा समेत विजनेश रिपोर्ट सार्वजनिक गर्न नचाहेका निर्माता ओझा आफ्नो लागि दर्शकको ‘वाहवाही’ ठूलो रहेको बताउँछन् । उनी भन्छन्, ‘चलचित्रको विजनेश वितरकलाई थाहा हुन्छ । मलाई दर्शकको रेस्पोन्स थाहा छ । चलचित्र हेर्ने अधिकांश दर्शकले अत्याधिक मन पराउनु भएको छ ।’

कुमारी, लविङ, विएसआर, क्यूब, विग मुभिज लगायतका राजधानीका मल्टिप्लेक्सले आइतवारबाट चलचित्रको शोमा वृद्धि गरेका छन् । श्रीमान(श्रीमतिबीचको सम्बन्ध बोल्ने चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

दर्शकले धेरैपछि उत्कृष्ट पारिवारिक फिल्म हेर्न पाएको प्रतिक्रिया दिएका छन् । काठमाडौं बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको छ ।

शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज प्रसाईँ, मिथिला शर्मा, नीर शाह लगायतका कलाकारहरुको चलचित्रमा प्रमुख भूमिका छ । ‘मंगलम’ बाट यतिबेला शिल्पा र पुष्पको गज्जबले तारिफ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu