फेरि एक होलान् ऋतिक र सुजैन ?



बलिउड सुपरस्टार ऋतिक रोशन र सुजैन खानको सम्बन्ध विच्छेद भएको तीन वर्ष भइसकेको छ । आफ्नो १७ वर्ष लामो वैवाहिक सम्बन्धलाई उनीहरुले सन् २०१४ मा विश्राम दिएका थिए ।

उनीहरुको ऋदान र ऋहान दुई छोरा छन् । दुबैले दुई छोराको पालन पोषणको जिम्मा लिएका छन् । डिभोर्स भइसकेपछि पनि ऋतिक र सुजैनको सम्बन्ध पहिलेको जस्तै छ । समय समयमा भेटघाट गरिरहने र आफ्नो छोराहरुसँग समय बिताउने गरिहन्छन् उनीहरु ।

कहिलेकाँही उनीहरु डिनर पनि सँगै गर्छन् । सम्बन्ध राम्रो थियो भने किन डिभोर्स गर्नु ? बलिउडमा डिभोर्स र प्याचअपलाई सामान्य ठानिन्छ । पछिल्लो समय सुजैन र ऋतिक धेरै समयसँगै बिताउने गरेका छन् । त्यसैले उनीहरु फेरि सँगै हुने अड्कल पनि काटिन्छ ।

कुनै समय सुजैन र ऋतिकको जोडि बलिउडमा सबैभन्दा राम्रो र असल थियो । उनीहरको झगडाको कुरा पनि कहिल्यै आएन् । उनीहरु बलिउडका उदाहरण थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu