प्रदीप भन्छन्, ‘सोलीडोली’ साइन गरेको छैनँ’



अभिनेता प्रदीप खड्का अभिनीत नयाँ चलचित्र ‘लिलिबिली’ चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । गीत र ट्रेलरले बनाएको हाइपका कारण उक्त चलचित्रले बक्सअफिसमा सुखद नजिता ल्याउने धेरैले अनुमान लगाएका छन् । प्रदीप पनि आफ्नो करिअरलाई थप चम्काउन यस चलचित्रको रिलिज कुरेर बसेका छन् ।

मिलन चाम्स निर्देशित ‘लिलिबिली’ मा प्रदीपसँगै जसिता गुरुङ, प्रियंका कार्की, अनुप विक्रम शाही लगायतका कलाकारहरुको अभिनय छ ।

यसैबीच, बुधवार अभिनेता प्रदीपले निर्देशक मिलन चाम्सले निर्देशन गर्ने नयाँ चलचित्र ‘सोलीडोली’ साइन गरेको खबर बाहिरियो । यस विषयमा निर्देशक चाम्सले कुनै जानकारी दिन चाहेनन् ।

तर, अभिनेता प्रदीपले आफूले तत्काल कुनै नयाँ चलचित्र साइन गरेको स्पष्ट पारे । उनले भने, ‘मैले ‘लिलिबिली’ गर्दाखेरि नै चलचित्र ‘भैरवी’ साइन गरेको थिएँ । त्योभन्दा बाहेक मैले अरु कसैलाई पनि फिल्ममा काम गर्ने वचन दिएको छैनँ । ‘सोलीडोली’ को विषयमा कुराकानी भएको हो तर गर्ने वा नगर्ने भन्ने विषयमा मैले निर्णय दिएको छैनँ ।’

प्रदीप अगाडि थप्छन्, ‘लिलिबिली २’ बन्ने कुरा छ । बरु यो चलचित्र गर्ने इच्छा भने ममा रहन सक्छ । ‘सोलीडोली’ मा तत्काल काम गर्ने चाहना छैनँ । आशा गर्छु पछि रिप्लेस भयो भन्ने खबर सुन्न नपरोस् ।’

उता निर्देशक चाम्ले पनि ‘लिलिबिली’ पछि आफ्नो नयाँ प्रोजेक्ट ‘वीर विक्रम २’ रहेको फेसबुकमा स्टाटस लेख्दै जानकारी दिएका छन् ।

‘लिलिबिली’ रिलिज लगत्तै बैशाखबाट सुरु हुन लागेको दिनेश राउतको निर्देशन र सुवास गिरीले निर्माण गर्ने चलचित्र ‘भैरवी’ मा प्रदीप व्यस्त हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu