यस्तो बन्यो ‘सुपर गोर्खे’ को ट्रेलर (भिडियो)



चलचित्र ‘सुपर गोर्खे’ को ट्रेलर रिलिज भएको छ । बैशाख ७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरमा कमेडी संवाद र द्वन्द्वका दृश्यहरु समावेश छन् ।

नायिका ऋचा सिंह ठकुरी अभिनीत तथा निर्मित यस चलचित्रका निर्देशक राज थापा हुन् ।

चलचित्रमा ऋचासँगै सुरजसिंह ठकुरी, निराज लुईंटेल, भुपेन्द्र खत्री, सचिन केसी लगायतको कलाकारहरुको अभिनय रहेको छ । अविर हाउस प्रोडक्सनमा बनेको चलचित्रले दैवी शक्तिबिना समाजका शक्तिशाली व्यक्तिहरुको कथा बताउँछ ।

तारा प्रकाश लिम्बुको संगीत रहेको चलचित्रमा सौरभ लामाको छायांकन छ । निर्माताको रुपमा ईश्वरी सिंह ठकुरी, रामकृष्ण र सुदिप जंग थापा रहेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu