‘मंगलम’ हेरेपछि पलले के भने पुष्पलाई ?



अभिनेता पल शाह गएको शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘मंगलम’ हेर्न हल पुगेका छन् । चलचित्र हेरेपछि उनले आफ्नो आधिकारिक फेसबुकमार्फत अभिनेता पुष्प खड्काको प्रशंसा गरेका छन् ।

पल लेख्छन्, ‘मंगलम’ उत्कृष्ट चलचित्र बनेको रहेछ । पुष्प खड्काले धेरै राम्रो काम गरेको छ । सम्पूर्ण टिमलाई बधाई ।’ पल र पुष्प म्यूजिक भिडियामा सबैभन्दा चलेका अनुहार हुन् । भिडियोमा यी दुईलाई प्रतिस्पर्धी मोडलको रुपमा समेत हेरिने गरिन्छ ।

यो चलचित्रबाट पुष्पले ‘स्टार’ अभिनेताको पंक्तिमा आफूलाई उभ्याउन सफल भएको चर्चा सुरु हुन थालेको छ । पुष्पलाई ‘मंगलम’ ले अन्य ठूला ब्यानरका फिल्मका लागि अब बाटो खोलिदिएको छ ।

शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको उक्त चलचित्रले अधिकांश सिंगल ‘स्कृन’ मा दर्शकको राम्रो साथ पाइरहेको छ । मल्टिप्लेक्समा फिल्मको शोमा वृद्धि भइरहेको छ । कथा, पटकथा, संवाद, कलाकारको अभिनय र निर्देशकीय पक्षलाई दर्शकले औधी रुचाएका छन् ।

बाघ निर्माताको रुपमा चिनिएका छविराज ओझा निर्मित ‘मंगलम’ मा शिल्पा पोख्रेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको अभिनय छ । नवल नेपाल यस चलचित्रका निर्देशक हुन् ।

पारिवारिक प्रेमकथामा आधारित उक्त चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu