निरुता भन्छिन्-‘नेपाली चलचित्रको याद आउँछ, कमब्याकको प्रतिक्षामा छु’ (भिडियो)



नेपाली चलचित्रकी सर्वाधिक चर्चित र व्यस्त नायिका हुन् निरुता सिंह । सन् १९७२ अगस्ट १२ मा भारतको दार्जलिङ्गमा जन्मिएकी निरुता सिंहलाई दर्शकहरुले लामै समय भयो ठूलो पर्दामा देख्न पाएका छैनन् ।

‘दर्पणछायाँ’, ‘लहना’, ‘दुई किनार’ लगायतका सय बढी चलचित्रमा अभिनय गरेकी निरुता अहिले भारतको मुम्बईमा इन्टेरियर हाउस सञ्चालन गरेर बसेकी छन् । पटक-पटक फिल्ममा फर्किने उद्घोष गरेपनि अहिलेसम्म उनको पाइला अगाडि बढ्नबाट भने रोकिएको छ ।

केही दिन अगाडि कतारमा आयोजना भएको एक साँस्कृतिक कार्यक्रममा भेटिएकी निरुताले आफूलाई पुनः दर्शकको माया पाउन नेपाली चलचित्रमा फर्किने ठूलो रहर रहेको बताइन् ।

ठूलो पर्दा टिभीसँग कुरा गर्दै उनले भनिन्, ‘म आज जहाँ छु त्यो नेपाली चलचित्र क्षेत्रले दिलाएको ठाउँ हो । म हरेक पल मेरा दर्शकलाई सम्झिन्छु । चलचित्र क्षेत्रलाई सम्झिन्छु । मेरो चाहना छ मेरा दर्शकलाई एउटा राम्रो चलचित्र दिने । त्यो इच्छा चाँडै पुरा हुन्छ ।’

उनले राम्रो स्क्रिप्ट भेटेको खण्डमा चलचित्रमा फर्किने बताइन् । ‘मुम्बईमा बसेपनि केही चलचित्रबाट अफर आइरहेका हुन्छन् । तर, म एउटा राम्रो चलचित्र खोजिरहेको छु ।’ उनले थपिन् ।

उमेरले ४० वर्ष नाघिसकेकी निरुताले विवाहको विषयमा पनि मुख खोलिन् । उनी आफूले चाहेर विवाह नहुने बताउँछिन् । भन्छिन्, ‘भगवानले माथीबाटै जोडी जुराएर पठाएका हुन्छन् रे ! मेरो लागि पनि कोहीँ जुराएर पठाएका होलान् नी !’

निरुताले अभिनेता राजेश हमालको विवाहको खबर पहिलो पटक सुन्दा अचम्म लागेको सुनाइन् । ‘उहाँले धेरै पटक मसँग कुरा हुँदा विवाह गर्दिन भन्नुहुन्थ्यो ।’ उनी भन्छिन्, ‘जब उहाँको विवाहको खबर सुनेँ अचम्म लाग्यो र सुखी पनि भएँ ।’

एक समय निरुता र हमालको अफयेरको हल्लाले सिनेवृत तरंगीत बन्ने गर्थ्यो । धेरैले दुबै अविवाहित भएका कारण विवाह हुनसक्ने अडकल पनि नकाटेका होइनन् ।

नेपाली फिल्ममा नयाँ पुस्ताको आगमन भइसकेको छ । कसको जोडी भएर पर्दामा फर्किने रहर छ ? पत्रकारको प्रश्नमा निरुता अगाडि भन्छिन्, ‘सबैसँग काम गर्ने उतिक्कै मन छ । उहाँहरुको अनुभव सुन्न मन छ । उहाँहरुबाट धेरै कुरा सिक्ने चाह छ ।’

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu