आँखा झिम्क्याएरै हिट प्रियासँग रणवीरको रोमान्स पक्का



आँखा झिम्क्याएकै कारण चर्चामा आएकी भारतको केरलाकी नायिका प्रिया प्रकाश वारियरले बलिउडमा डेब्यु गर्ने कन्फर्म भएको छ ।

भारतीय मिडियाका अनुसार, प्रियाले हालैमात्र निर्देशक रोहित शेट्टीको चलचित्र ‘सिम्बा’ साइन गरेकी छिन् । चलचित्रमा रणवीर सिंह लीड रोलमा छन् ।


आँखा झिम्क्याएको भिडियो भाइरल भएपछि यतिबेला प्रियालाई धेरै फिल्मबाट अफर आइरहेको छ । ‘सिम्बा’ लाई को-प्रोड्यूस गरिरहेका करण जौहर पनि फिल्ममा प्रियालाई अनुबन्धित गर्न चाहन्थे । प्रियाले यसअघि नै रणवीरसँग काम गर्ने इच्छा रहेको बताएकी थिइन् ।

प्रिया प्रकाश नयाँ कलाकार हुन् । उनले अभिनय गरेको मलयालम चलचित्र ‘ओरु अदार लभ’ रिलिजको पखाईमा छ । एक दक्षिण भारतीय अनलाइनले उल्लेख गरे अनुसार प्रियाले आफ्नो पारिश्रमिक दुई करोड भारु पुर्‍याएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu