माया र स्नेहले संसार जित्ने नेपाली चेलीको कथा इजरायलमा



gorkhas daughter poster
ठुलोपर्दा डटकम, तेल-अविव।
आणविक शक्तीको होडबाजीले युद्ध तिर लम्कीरहेको विश्वलाई माया, ममता र स्नेहले पनि संसार जित्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेका नेपाली नारीको विरता साहस र योगदानको गाथा बोकेको चलचित्र  ‘गोर्खाज् डटर्स इन् इजरायल’  प्रदर्शनको नजिक आएको छ। यो चलचित्रको प्रथम प्रर्दशन १० जनवरी २०१४ मा इजरायलको तेल अविवमा हुँदैछ।

नेचुरल मुवि मेकर्सले तयार पारेको ‘गोर्खाज् डटर्स इन इजरायल’को इजरायल प्रदर्शनबाट संकलित रकमको केहि प्रतिशत रकम समाजसेवामा खर्चिने बताईएको छ। ‘काठमाण्डौ बाल विकास समाज’का बालबालिकालाई जाडोको लागि आवश्यक पर्ने लत्ताकपडा खरिद गरिनेछ।

वैदेशिक रोजगारीको लागि इजरायलमा रहेका नेपाली महिलाहरुको कथामा आधारित चलचित्र ‘गोर्खाज् डटर्स इन इजरायल’ जनवरी १० मा इजरायलको तेल अविवको सिनेम्याट्रिक हलमा दुई शो हुँदैछ। प्रकाश थापा र सुर्य सिम्खडा निर्माता नेहा गुरुङ् सह-निर्माता रहेको सो चलचित्रलाई राजु भण्डारीले निर्देशन गरेका छन्। रत्न कार्की छायाकार हुन् भने लक्ष्मी अधिकारी, सुनिता राई, नितु खतिवडा, निलम गिरी, मोहन श्रेष्ठ, लिला लिम्बु, मुना बस्नेत, स्वस्तिका श्रेष्ठ, रश्मी घिमिरे आदि कलाकारहरुको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu