चैत २९ मा आउने भयो सलिनमानको ‘यात्रा’



‘ए मेरो हजुर २’ बाट उदाएका अभिनेता सलिनमान बनियाँ अभिनीत नयाँ चलचित्र ‘यात्रा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अब यो चलचित्र अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ सँग चैत २९ गते रिलिज हुने भएको छ ।

निर्माता केशव भट्टराईको जन्मदिनमा ‘यात्रा’ को रिलिज चैत २९ लाई घोषणा गरिएको हो । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको चलचित्रको अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता बनियाँको क्यारेक्टरलाई प्रस्ट्याईएको छ । चलचित्रमा उनी भ्लगरको भूमिकामा छन् ।

सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको फिल्ममा अभिनय छ । यही चलचित्रबाट मल्लिका महतले डेब्यु गरेकी छिन् भने विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ ।

चलचित्रमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । निर्माता भट्टराईले चलचित्रको लगानीलाई मध्यनजर गर्दै चैत २९ रोजिएको बताए । निर्देशक सम्राट फिल्मलाई राम्रो बनाउन कुनै कसुर बाँकी नराखेको बताउँछन् ।

चलचित्रलाई जर्नी लभस्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह-निर्माता छन् ।

चलचित्रमा कथा पनि निर्देशक स्वयंको छ । संजय लामाको छायांकन रहेको चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu