आशिकालाई आकाशसँग रोमान्स गर्ने इच्छा (भिडियो)



अभिनेता आर्यन सिग्देलसँग चलचित्र ‘सुश्री’ मा रोमान्स गरेकी अभिनेत्री आशिका तामाङलाई ‘खसिनी काण्ड’ ले एकाएक चर्चामा ल्याएको थियो । हालै जर्मनीबाट लगभग २ वर्षको बसाईका लागि नेपाल आएकी उनी २ घण्टाको चलचित्रले नचिनाएको आफूलाई २ मिनेटको भिडियोले सबैमाझ चिनिएको बताउँछिन् ।

अब उनी पुनः चलचित्र निर्माण गर्ने सोचमा छिन् । ‘‘सुश्री’ बाट एक करोडभन्दा बढी डुबाएँ । अब डेब्यु चलचित्रमा भएको घाटा उठाउने गरि फर्किएको छु । नेपाल बसाईको क्रममा चलचित्र निर्माण गरेर र हिट बनाएरै जर्मनी फर्किन्छु’’, उनी भन्छिन् । उनले चलचित्र बनाउन हतार भने नगर्ने बताइन् ।


आशिका अगाडि भन्छिन्, ‘पहिला चलचित्र गर्दा केही थाहा थिएन । अन्धाधुन्ध चलचित्र निर्माण र अभिनयमा होमिएँ । अब हतार गर्दिनँ । पहिला सबै बुझ्छु । अग्रजहरुसँग सल्लाह लिन्छु अनि मात्र चलचित्र बनाउँछु ।’ फेरि हिरोइन बन्ने हो ? उनी भन्छिन्, ‘अहिले नै यस विषयमा सोचेकी छैनँ ।’

हरेक वर्ष ९० प्रतिशतभन्दा बढी चलचित्रका निर्माताले करोडौं डुबाउने गरेको बताउँदै आशिका, आफूले एक करोड डुबाए पनि धेरै सिक्न पाएको बताउँछिन् । भन्छिन्, ‘नेपालमा ५/१० प्रतिशत चलचित्रमात्र हिट छन् । अब त्यसमा म पनि परेरै छाड्छु ।’ ठूलोपर्दा टिभीसँग कुराकानीको क्रममा उनले अभिनेता आकाश श्रेष्ठसँग रोमान्स गर्ने इच्छा रहेको बताएकी छिन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu