‘हिमालय रोडिज सिजन-२’ को उपाधी आयुसलाई



‘हिमालय रोडिज सिजन-२’ को उपाधी आयुस श्रेष्ठले जितेका छन । काठ्माण्डौ उपत्यकाको हात्तिवन सामुदायिक जंगलमा फाइनल प्रतिश्पर्धा गराइएको थियो, जसमा आयुस श्रेष्ठ, पिरबीर घले र तेजश बस्नेत फाइनलिस्टको रुपमा प्रतिस्पर्धा गरेका थिए ।

हिमालय टेलिभिजन मार्फत प्रशारण भएको यो एड्भेन्चर रीयालिटी शोमा श्रेष्ठले बुट्वल अडिसनबाट प्रतिश्पर्धामा सहभगिता जनाएका हुन । अडिसनमा सहभागी हजारौँ प्रतिश्पर्धीहरु मध्यबाट जर्नि राउन्डमा छानिएका उत्कृष्ट १३ प्रतिस्पर्धीलाई पछि पार्दै उनि बिजयी भएका हुन ।

बिजेताको उपाधी सँगै आयुसले दश लाख नब्बे हजार रुपैँया नगद र यामाहा एफ.जेड. २५० सिसीको बाइक पुरस्कार स्वरुप प्राप्त गरेका छन । बिजेताले कुल २० लाख रुपैँया प्राप्त गर्न सक्ने थिए तर जर्नि राउन्डमा खेलाइएका खेलहरु मार्फत प्रतिस्पर्धीहरुले कुल रु। दश लाख नब्बे हजार जित्न सके ।

सबैलाई पछि पार्दै आयुसले उक्त रकम आफ्नो हात पार्न सफल भए । हिमालय रोडिजमा प्रतिस्पर्धीहरुको शारिरीक मानसिक र बौद्दिक क्षमता मात्र नभएर उनिहरुको सामाजिक ब्यावहरको पनि मुल्यांकन हुन्छ । भाग्यले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने यस रीयालीटी शोमा प्रतिस्पर्धीबिचको आपसि बिवाद र खिचातानीले अझ रोमान्चकता थप्छ ।

भारत लगाएत दक्षिण एसियामा नै निकै प्रख्यात रहेको यो एड्भेन्चर रीयालटी शो एम टिभी रोडिज, भायकम अठारको फ्रेन्चाइज हो । यामाहा एफ.जी. मोटरसासइकल मुख्य प्रयोजक रहेको हिमालय रोडिजमा प्रतिस्पर्धीको खोजको क्रमका नेपालका पाँच ओटा शहरहरुमा अडिसन गरीएको थियो ।

अडिसनमा मेन्टरहरुको मन जित्न सफल प्रतिस्पर्धीलाई पर्सनल इन्टरभ्यु राउन्डमा प्रवेश गराइएको थियो । पर्सनल इन्टरभ्युर राउन्डबाट उत्कृष्ट १३ जनालाई प्रतिस्पर्धाको लागी नेपालको सुदुर पश्चिम लगिएको थियो र सुदुर पश्चिमका विभिन्न राष्टिय निकुन्ज तथा अन्य आकर्षक ठाउँमा प्रतिस्पर्धा गराइएको थियो ।

गत वर्षको सिजन जस्तै यसपाली पनि निर्णायक टिममा रेमन दाश श्रेष्ठ, दिया मास्के र आशिष राना (लाउरे) थिए भने गत सिजनका विजेता समन श्रेष्ठ र अनिमेश शाही प्रश्तोताका रुपमा उपस्थित थिए । लोकप्रियता संग सँगै अनेकन विवाद खेपिरहने यो रियालीटी शोको निेर्देशन अमन प्रताप अधिकारीले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu