९ कक्षामा पढ्दा ‘प्रसाद’ को कन्सेप्ट आएको थियो : सुशील पौडेल



समीक्षक सुशील पौडेलले लेखेको चलचित्र हो ‘प्रसाद’ । निःसन्तानका कारण पति र पत्निबीचमा आउने उचार चढावको कथा वाचन गरेको यो चलचित्र मंसिर २१ गतेबाट प्रदर्शनमा आउँदैछ । दिनेश राउत निर्देशित चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत केन्द्रिय भूमिकामा छन् । लेखक पौडेललाई ‘प्रसाद’ को कन्सेप्ट ९ कक्षामा पढ्दै गर्दा नै आएको रहेछ ।

यो विषय कसरी दिमागमा जन्मियो उनलाई सम्झना छैन । तर, यस विषयले आफूलाई उकुस-मुकुस बनाएको उनी बताउँछन् । गाली खाने डरले सानै उमेरमा दिमागमा जन्मिएको यो विषय उनले कसैलाई सुनाउने आँट नै गरेनन् । कन्सेप्टको विकास भएपछि त्यसले आफूलाई पटक-पटक ‘हिट’ गरिरहेको उनी सम्झन्छन् ।


उनले निर्देशक राउतलाई समेत घुमाउरो शैलीमा आफ्नो दिमागमा फुरेको कन्सेप्ट सुनाएका रहेछन् । ‘मेरो दिमागमा ह्याङ भएर बसेको विषयमा चलचित्र बन्न सक्ला कि नसक्ला ? भनेर मैले निर्देशक राउतलाई सोधेको थिएँ । उहाँले अलि चासो देखाएपछि कन्सेप्टलाई कथाको रुप दिएको हुँ’, उनले भने । ‘यो चरित्रमा यो कलाकार हुनुपर्छ’ भन्ने सोचेर कथाको विकास नगरेको पनि उनी बताउँछन् ।

प्रदर्शनको पखाईमा रहेको चलचित्र ‘प्रसाद’ को ‘लै लै…’ बोलको गीतले राम्रो हाइप निर्माण गरेको छ भने, सार्वजनिक ट्रेलरले चलचित्रप्रति दर्शकमा अपेक्षा बढेको छ । लभस्टोरी चलचित्रमा आफूलाई अब्बल साबित गरेका निर्देशक राउतले फरक कन्टेन्टमा उठाएको जोखिम कति फलदायक होला ? यसका लागि प्रतिक्षा गर्नै पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu