विदेशमा ‘प्रसाद’ को उच्च माग



मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रसाद’ युरोपियन मुलुकहरुमा हाई डिमान्डेड चलचित्र बनेको छ । युरोप वितरणको अधिकार लिएका सुरज कार्कीका अनुसार, युरोपका ११ देशमा चलचित्र प्रदर्शन पक्का भइसकेको छ । ११ देशमा २० शो बुक भइसकेको र अन्य देशबाट पनि चलचित्रको माग बढिरहेको उनले बताए ।

डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, फिनल्याण्ड, अष्ट्रिया, पोर्चुगल, बेल्जियम, नर्वेमा चलचित्र प्रदर्शन हुने तय भइसकेको छ । चलचित्रको पहिलो युरोप शो डिसेम्बर १४ मा फिनल्याण्डमा हुनेछ । एक दर्जन बढी चलचित्रको युरोप वितरकका रुपमा काम गरिसकेका कार्कीले ‘छक्का पञ्जा ३’ पछिको उच्च डिमान्डेड चलचित्र ‘प्रसाद’ रहेको बताएका छन् ।

यसअघि ‘छक्का पञ्जा ३’ ले युरोपमा अहिलेसम्मकै उच्च ३० शो पाएको थियो । युरोपका अन्य देशबाट चलचित्रको माग बढिरहेको बताउँदै उनी ‘छक्का पञ्जा ३’ कै हाराहारीमा चलचित्रको शो हुनेमा विश्वस्त छन् । विदेशमा बस्ने नेपाली दर्शकमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको राम्रो क्रेज हुनुका साथै गीतले दर्शकको अत्याधिक मन जितेका कारण युरोपमा चलचित्रको उच्च माग रहेको कार्कीको भनाई छ ।


चलचित्रलाई युरोपियन देशका चलचित्र चल्ने मल्टिप्लेक्स हलहरुमा नै प्रदर्शन गरिने उनले जानकारी दिए । उनका अनुसार, वितरक र हल सञ्चालकले ५०–५० प्रतिशत सेयर बाँडफाड गर्नेछन् । यसबाहेक हल नभएको र कम दर्शक भएको सानो शहरमा दोस्रो चरणमा रेष्टुरेण्टमा चलचित्र देखाउने उनको तयारी छ ।

यस्तै, नेपालमा प्रदर्शनमा आएकै दिनबाट अष्ट्रेलियामा चलचित्र प्रदर्शनको तयारी भइरहेको छ । गोर्खे इन्टरटेनमेण्टका नविन मानन्धरले ७, ८, ९ र १० डिसेम्बरमा ‘प्रसाद’ अष्ट्रेलियामा प्रदर्शन गर्ने जानकारी दिए । अष्ट्रेलियामा पनि चलचित्रको माग उच्च भएको उनले बताए । अष्ट्रेलियाका विभिन्न शहरहरुमा चलचित्र प्रदर्शन हुनेछ ।

युके, जापान, नर्वे र हङकङलगायतका देशमा पनि चलचित्रको माग उच्च रहेको सम्बन्धित वितरकले जानकारी दिएका छन् । सुभाष थापाले निर्माण गरेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द्व र सुशिल पौडेलको लेखन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu