‘दही मिठो…’ भन्दै आए हिराकाजी (भिडियो)



कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको लोकप्रिय हास्य श्रृंखला ‘रिसानी माफ…’ का लोकप्रिय पात्र हुन् हिराकाजी । उनको वास्तविक नाम हो राजकुमार देवकोटा । देवकोटा ‘रिसानी माफ’ का मुख्य कलाकारका साथै निर्माता समेत हुन् ।

कलाकार देवकोटाको परिचय यत्तिमै सिमित छैन । उनी अभिनयका साथ–साथै कुशल गायक पनि हुन् । देवकोटाले आफ्नो स्वरमा केही एकल एल्बम सहित दर्जनौं गीत गाइसकेका छन् । झण्डै डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय देवकोटाले गाएका ‘मनकी रानी’, ‘मर्थें मर्थें’, ‘निधारमा रातो’ आदि स्रोताले रुचाएका थिए ।

यसअघि ‘हर्के हल्दार’ शीर्षकको टेलिश्रृंखलामा समेत अभिनय गरेका उनै गायक देवकोटा आफ्नो बिल्कुलै नया“ गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘दही मिठो दारको ठेकीको…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो बिहिबार सङ्सनेपाल यूट्युब च्यानलमार्फत प्रिमियर गरिएको छ ।

संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ उक्त गीतमा रमेश भट्टराईको संगीत संयोजन छ । उक्त म्युजिक भिडियोलाई बिनोद राई ‘घ्याम्पे सुब्बा’ ले निर्देशन गरेका हुन् । सागर गौतमले यो म्युजिक भिडियो छायांकन गरेका हुन् ।

उक्त गीतको रमाइलो म्युजिक भिडियोमा कलाकार बेगम नेपाली, सुदिप हमाल र अनुमति नेपालीले अभिनय गरेका छन् । रविन्द्र खड्काले उक्त भिडियो सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu