राज सिग्देलको ‘ती दिन’ मा बाल्यकालको सम्झना (भिडियो)



गजल गायक राज सिग्देलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘ती दिन’ बोलको गीतमा ऋषि राम धमलाको शब्द रहेको छ भने सुरेश अधिकारीले संगीत भरेका छन् । गीतमा संगीत संयोजन रिकेश गुरुंगको छ ।

पार्क भ्याली रिसोट र रुपाकोट टुर एण्ड ट्राभल्समा छायांकन गरिएको गीतमा प्रियंका कार्की, पवन खरेल, रश्मी भट्ट र ऋषि राम धमलाको अभिनय छ । गीतमा बाल्यकालको सम्झना गरिएको छ ।

अभिक धमला, अनुज धमला, भूमिका गैरे र अनुश्का गैरे बाल कलाकार रहेको भिडियोलाई विधान कार्कीले छायांकन गरेका हुन् । अर्जुन तिवारीको टिमले गीत खिचेको हो । निशान घिमिरेले सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu