‘समर लभ’ को ‘साया’ गीत रिलिज (भिडियो)



चलचित्र ‘समर लभ’को पहिलो गीत रिलिज भएको छ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचार-प्रसारलाई तिब्र बनाउने हेतुले गीत रिलिज गरेको हो । सार्वजनिक ‘साया’ बोलको गीतमा लिड कलाकार आशिष पिया र रेवती क्षेत्री फिचर छन् ।

सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित यो चलचित्रको सार्वजनिक रोमान्टिक गीतमा विदेशका विभिन्न शहरका मनोरम दृश्यहरु देख्न सकिन्छ । गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । गीतमा स्वर पुष्पन प्रधानको सुन्न सकिन्छ भने उनलाई फिमेल भर्सनमा साथ बानिका प्रधानले दिएकी छिन् । शब्द, संगीत पनि पुष्पनको नै छ ।

‘समर लभ’ प्रेमदिवस (भ्यालेन्टाइन डे) को अबसर पारेर आगामी माघ २५ बाट प्रदर्शनमा आउँदैछ । चलचित्रको यसअघि सार्वजनिक टिजरले लोकप्रियता बढाउँदै छ । मुस्कान ढकालको निर्देशनमा तयार भएको चलचित्रमा आशिष र रेवतीसँगै सुरज सिंह ठकुरी, सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारी लिड अभिनयमा छन् ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवादमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् ।

नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता छन् । अर्जुन जिसीले सम्पादन गरेको ‘समर लभ’मा स्वपन सरकार र मनोज बिक सहनिर्माता र एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu