‘जिरो’ को ‘इश्कवाजी’ गीतमा शाहरुख र सलमान एकसाथ



शाहरुख खान, अनुष्का शर्मा र कटरीना कैफ अभिनीत चलचित्र ‘जिरो’ को नयाँ गीत ‘इश्कवाजी’ रिलिज भएको छ । गीतमा सलमान खान र शाहरुख खानको जोडी देख्न सकिन्छ । गीतको सुरुवात बोल्ड अन्दाजबाट हुन्छ । गीतमा कटरीना, शाहरुखलाई किस गर्दै देखिएकी छन् ।

यो खुसीमा शाहरुख जो चलचित्रमा बउआ स‍िंहको रोल गरिरहेका छन्, ऊ झुम्दै देखिएका छन् । उनको खुसीमा साथ दिन्छन् सलमान खान, जो चलचित्रमा केमियो रोलमा छन् । शाहरुख र सलमानको यस्तो केमेस्ट्री दर्शकले पहिला कहिल्यै देखेका थिएनन् । फ्यानका लागि यो सरप्राइज ट्रिटभन्दा कम छैन ।


दुईको ‘इश्कवाजी’ ले अहिले सोसल मिडियामा हंगामा मच्चाएको छ । यो गीत इरशाद कामिलले लेखेका हुन् भने अजय-अतुलले संगीत भरेका छन् । गीतमा आवाज सुखव‍िन्दर स‍िंह र द‍िव्य कुमारले दिएका छन् । यो चलचित्र २१ डिसेम्बरमा रिलिज हुँदैछ । चलचित्रको बजेट १ सय ६० करोड बताइएको छ ।

चलचित्रमा शाहरुखले मेरठका बउआ सिंहको भूमिका निभाएका छन्, जो पुट्के छन् । करीब ६ वर्षपछि शाहरुख, अनुष्का र कटरीनाको जोडी एउटै चलचित्रमा देखिँदैछ । यसअघि यी तीनले चलचित्र ‘जब तक हे जान’ मा काम गरेका थिए । ‘जिरो’ लाई आनन्द एल रायले निर्देशन गरेका हुन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu