भाइबर स्टिकरमा ‘न यता न उता’



नेपाली चलचित्र इतिहासमा पहिलो पटक भाइबरले चलचित्र ‘न यता न उता’ को स्टिकर प्याक प्रस्तुत गरेको छ । भाइबरले नेपालमा पहिलो पटक नेपाली चलचित्रको स्टिकर प्याक प्रस्तुत गरेको हो । यसको औपचारिक सुरुवात यही मंसिर २० गतेबाट चलचित्रको स्टिकर प्याकको उपलब्धताबाट भएको हो ।

यस चलचित्रको स्टिकर अब भाइबरको स्टिकर बजारमा सजिलै पाउन सकिन्छ । निर्माण टिमले स्टिकर प्याक डाउनलोड गरेर फिल्ममा आबद्ध कलाकारसँग च्याट गर्ने मौकादेखि प्रमोशनको क्रममा डिनर तथा चलचित्रको फ्रि टिकटहरु प्रदान गरिने योजना पनि अगाडि पारेको छ । यो माघ २५ गते प्रदर्शनमा आउने फिल्म हो ।

२ जना अर्धवैशे पुरुषहरुको जीवनमा आइपरेको संकटलाई दर्शाइएको चलचित्रमा ऋचा शर्मा, समिर दिक्षित, छुल्थिम गुरुङ्ग, मिराज रोश, राजारम पौडेल, बुद्धि तामाङ्ग, रविन्द्र झा, कमलमणी नेपाली, जयनन्द लक्ष्मी, लुनिभा तुलाधर, सिल्सा जिरेल र नम्रता सापकोटा रहेका छन् । यो चलचित्र मिराज रोशद्वारा निर्देशित हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu