कविताको ‘हे गोरी’ सार्वजनिक (भिडियो)



‘बुगीउगी’ विजेता कविता नेपालीलाई फिचर गरिएको ‘हे गोरी’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वर रहेको गीतमा पुषकर राज पन्तको शब्द रहेको छ भने संगीत शंकर थापा स्माइलको रहेको छ ।

भिडियोमा कवितासंगै पुस्कर फिचर्ड छन् । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियो कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् । चलचित्र ‘ठुली’ को निर्माता समेत रहेका पन्तले भिडियोको निर्माण गरेका हुन् ।

विभिन्न कविता संग्रह समेत सार्वजनिक गरिसकेका पन्तले यस गीत तथा भिडियोबाट आफुले निकै आशा गरेको बताए । त्यस्तै गायक प्रराज र गायिका सुजाता बर्माले क्लव सङ पछिल्लो समय नेपालमा चलिरहेको कारण दर्शकले ‘हे गोरी’ गीत मन पराउने बताए ।

लभ सङको भिडियो निर्देशनमा बढी रुचाइएका निर्देशक अर्जुन अधिकारी भिडियोको बारेमा भन्छन्, ‘मलाई विशेषत लभ सङको भिडियोमा रुचाइएको छ । तर, मेरो पर्सनल इन्ट्रेस्ट र मन भने यो खालका भिडियो निर्देशनमा छ ।’

भिडियो:-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu