‘साइँली’ गीतमा दयाहाङ, गौरव र मेनुकाको छमछमी (भिडियो)



चैत १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘साइँली’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘नाच माया…’ बोलको गीत निर्माण टिमले आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गर्‍यो । गीतमा गायक हेमन्त रानाले स्वर भरेका छन् । उनकै जन्मदिनमा गीत सार्वजनिक गरिएको हो ।

हर्क साउदको शब्द रहेको गीतमा सुशान्त गौतमको संगीत सुन्न सकिन्छ । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियोमा लिड कलाकारहरु गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई र केनिपा सिंह फिचर्ड छन् । ‘साइँली’ गीतमा झैं चलचित्रमा पनि गौरव र मेनुका जोडीको रुपमा प्रस्तुत छन् ।

चैत १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । कथा पनि उनकै हो । ‘साइँली’ गीतले बोकेको भावलाई नै चलचित्रमा उतारिएको निर्माण टिमको भनाई छ । गीतमा वैदेशिक रोजगारीमा गएका गौरव र गाउँमा घाँसपात गरेर बसेकी मेनुकाको प्रेमभाव प्रस्तुत गरिएको थियो ।


गायक हेमन्त राना र गौरव पहारीले मिलेर फिल्म निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रमा विशाल गुरुङ र मोहन थापा निर्मातामा छन् ।

बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह-निर्माताको रहेको चलचित्रको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu