मेरो पनि बायोपिक बन्नुपर्छ : गोविन्दा



राजकुमार हिरानीले अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायोपिक बनाएपछि बलिउडमा बायोपिक चलचित्रका चर्चाहरु चलिरहेका छन् ।

यसैबीच बलिउडका चर्चित अभिनेता गोविन्दाले पनि आफ्नो बायोपिक बन्नुपर्ने इच्छा व्यक्त गरेका छन् । गोविन्दाले आफ्नो बायोपिकबाट जीवनमा संघर्ष गरिरहेका मानिसहरु प्रभावित हुनसक्ने बताएका छन् ।

गोविन्दले आफू तल्लो तहबाट सफलतामा पुगेको कलाकार भएको बताए । उनी आफूले कम अवसर पाएको तर पाएका अवसरलाई राम्ररी सदुयोग गरेको बताउँछन् ।

एक कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा उनले आफ्नो बायोपिक बनाउने समय अहिले नै नआएको र त्यसको लागि केही समय प्रतिक्षा गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu