अर्जुनको संगीत र राजको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक (भिडियो)



काठमाण्डौ। कुनै कारण बिना नै तपाइँकी प्रेमिका रिसाउँदा र त्यो कारण पनि नबताउँदा कस्तो हुन्छ होला ? कोहीलाई नशामा डुब्न मन पर्ला, कसैलाई अब कसैलाई माया नै गर्दिन भन्ने लाग्ला त कसैलाई उसको अगाडि अर्की प्रमिका खडा गराईदिउँ जस्तो पनि होला ।

नेपालको आधुनिक संगीतमा यही भावको नयाँ गीत ‘के भयो र तिमीलाई’ सार्वजनिक भएको छ । डि प्रोडक्सनले तयार पारेको गीत र म्युजिक भिडियो पूर्व संचारकर्मी देवेन्द्र क्षेत्रीले बजारमा ल्याएका हुन् । गीतमा स्वर राज सिग्देलले भरेका छन भने संगीत अर्जुन पोखरेलको रहेको छ ।

क्षेत्रीकै शब्द रचना रहेको गीतको म्यूजिक भिडियोमा मेलिसा खतिवडा, पुरुषोत्तम भट्टराई, सुदीप पौडेल र रुबीना तामाङको अभिनय रहेको छ । सरोज अधिकारीको छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन भिम विश्वकर्माले गरेका छन् ।

क्षेत्रीको यो दोश्रो गीत हो । यसभन्दा अगाडि उनले प्रमोद खरेलको आवाजमा गल्ती भो नामक गीत बजारमा ल्याएका थिए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu