आयो विपिनको ‘गोपी’ ट्रेलर (भिडियो)



माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गोपी’ को ट्रेलर रिलिज भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले बुधबार राजधानीको सिटी सेन्टरमा अवस्थित विग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै पत्रकार देखाएर ‘कन्टेन्ट यूक्त’ ट्रेलर सार्वजनिक गरेको हो ।

एक शिक्षित युवक विदेश मोह त्यागेर गाउँमा नीजि गाई पालन व्यवसाय गर्दा आइपर्ने उतारचढावलाई ट्रेलरमा देखाइएको छ । अभिनेता विपिन गाई पालकको भूमिकामा छन् । उनको गोपिनीको रुपमा अभिनेत्री द्वय बर्षा राउत र सुरक्षा पन्त छन् । सुरक्षा प्रेमिका र बर्षा भेटनरी डाक्टरको भूमिकामा छन् ।


चलचित्रले स्वदेशमै व्यवसाय गरेर बसेका युवाहरुलाई प्रोसाहन गर्ने निर्देशक दीपेन्द्र लामाले बताए । यसअघि ‘घामपानी’ को कमाण्ड सम्हालेका उनले उक्त चलचित्र गाई पाल्नेहरुले भन्दा नपाल्ने युवाहरुले हेर्न आवश्यक रहेको औंल्याउँछन् । भन्छन्, ‘समाज भित्रकै पात्रको कथा चलचित्रले भन्छ ।’

चलचित्रले नीजि व्यवसाय गर्ने क्रममा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका वावजुत सफलता हात पार्ने एक युवाको कथा बोल्ने निर्देशक लामाले बताए । आरोही केसी निर्माता रहेको चलचित्रमा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् ।


सामिप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको उक्त चलचित्रलाई शैलेन्द्र डि. कार्किले खिचेका हुन् । कोरियोग्राफरको रुपमा गोविन्द राई छन् । अन्तिम समयमा अभिनेता खगेन्द्र लामिछानेले चलचित्रबाट हात झिकेपछि उनको ठाउँमा अभिनेता विपिन भित्रिएका थिए । उनी छोटो समयमा चलचित्र गर्नु परेता पनि आफ्नो तर्फबाट ‘बेस्ट’ दिने प्रयास गरेको बताए ।

यस्तै, अभिनेत्री बर्षाले ‘गोपी’ आफ्नो लागि विशेष रहेको बताइन् । भन्छिन्, ‘मलाई स्क्रिप्ट निकै मन परेर गरेको हुँ । विश्वास छ दर्शकलाई पनि चलचित्रले निराश बनाउने छैन ।’ अर्की अभिनेत्री सुरक्षा भने ‘गोपी’ जस्तो चलचित्र गर्न हरेक कलाकारलाई लोभ लाग्ने बताइन् । ‘मौलिक कथा उठाएको चलचित्र गर्न म त झनै लोभी छु’, उनले भनिन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu