५१ रुपैयाँमा म्युजिक भिडियो



५१ रुपैयाँ लगानी म्युजिक भिडियो निर्माण भयो भन्दा अचम्म लाग्न सक्छ । तर, केहीी दिन अगाडि नक्सालको बाल मन्दिरमा एक भिडियो निर्माण हुँदै थियो, जुन ५१ रुपैयाँ प्रतिव्यक्ति पारिश्रमिक लिएर छायांकन भइरहेको थियो ।

पत्रकार दीपेन्द्र घिमिरेको शब्दमा पछिल्लो समय भारतीय सांगीतिक प्रतियोगिता ‘सारेगमप’मा टप ११ सम्म पुगेकी गायिका मेनुका पौडेलको स्वरमा सजिएको गीत ‘रङ्ग भित्रको उजाड जिन्दगी’बोल गीतको भिडियो छायाङ्कन गरिएको हो ।

मेनुका नेपाल आइडलको पहिलो सिजनको समेत टप ११मा पुगेर बाहिरिइएकी थिइन् । गीतमा एसडी योगीको संगीत रहेको छ भने रिकेश गुरुङले संगीत संयोजन गरेका हुन् ।

गीतको भिडियोमा चर्चित नायिका निता ढुंगाना र अभिनेता निराजन प्रधानको अभिनय समेटिएको छ । अनिल के मानन्धरको छायाङ्कन, शान थापाको निर्देशन रहेको भिडियोमा सुप्रिम पराजुलिको सम्पादन रहनेछ ।

भिडियोमा संलग्न सबैले जम्मा रु ५१ रुपैयाँ पारिश्रमिक लिएका छन् । आखिर ५१ रुपैयाँ मात्र किन त भन्ने प्रश्नमा सबैको एकै जवाफ थियो, ‘कुनै काम पैसाका लागि गरिन्छ त कुनै आत्मसंतुष्टिका लागी । तर, यो गीत राम्रो मात्र बनेको छैन यो गीतसँग हाम्रो मन जोडीएको छ ।

केही कज लिएर निर्माण भएको यो गीतको हिस्सा हुन पाउनु हाम्रो लागी राम्रो कुरा हो । पैसा नै सबै कुरा होइन ।’ भिडियो केही दिन भित्रै सार्वजनिक गरिने निर्देशक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu