अर्जुनसँगको प्रेमबारे मलाइकाको यस्तो जवाफ



अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरको अफेयर चर्चा चल्न थालेको लामै समय भइसकेको छ । धेरै पटक यी दुईलाई एकसाथ स्पोट गरिएको छ । प्रायः उनीहरु एकसाथ डिनर गर्छन् ।

यतिमात्र होइन ‘इन्डियाज गट ट्यालेन्ट’ सोमा अर्जुन अतिथी भएर गएका थिए, जहाँ उनले मलाइकाको हात समातेको देखिएको थियो ।

अफेयरलाई लिएर विभिन्न खबरहरु आइरहेको अवस्थामा बल्ल मलाइकाले मुख खोलेकी छन् । उनले भनिन्, ‘म ब्यालेन्स गर्न जान्दछु र जब मैले नभन्नुपर्ने कुरा छ भने त्यही भनिदिन्छु ।’

अरबाज खानसँग अलग भएपछि मलाइका र अर्जुनलाई पटक–पटक भारतीय मिडियाले एकसाथ समय बिताएको भेटाएका थिए ।

उनीहरूको सम्बन्धलाई न खुलेआम स्विकारेका छन् न त अस्वीकार नै गरेका छन् । मलाइका र अरबाज २०१६ मा अलग भएका थिए । मलाइका ‘इन्डियाज गट ट्यालेन्ट’को जज पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu