पहिलो दिन बक्सअफिसमा कमजोर ‘जिरो’



सुपरस्टार शाहरुख खान, अनुष्का शर्मा र कटरीना कैफ स्टारर चलचित्र ‘जिरो’ ले बक्सअफिसमा पहिलो दिन २० करोड १४ लाख कलेक्सन गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले चलचित्रको कमाईको आँकडा सार्वजनिक गरेका छन् । उनका अनुसार, विकेन्ड र क्रिसमसको छुट्टीमा चलचित्रलाई फाइदा मिल्न सक्नेछ ।

चलचित्रलाई समीक्षकले खासै रुचाएका छैनन् । रिलिजभन्दा अगाडि चलचित्रलाई लिएर निकै बज क्रिएट भएको थियो । कारण, यो चलचित्रमा शाहरुख एक पुट्केको भूमिकामा देखिँदै थिए । तर, चलचित्र बक्सअफिसमा पहिलो दिन अपेक्षाअनुसार उत्रन सकेन । ४ हजार ३ सय ८० स्क्रिनमा एकसाथ चलचित्र रिलिज भएको भएको छ ।

भारतीय मिडियाका अनुसार, उक्त चलचित्र फर्स्ट डे कलेक्सनको मामलामा ७ औं नम्बरमा आउँछ । हालै रिलिज भएको ‘२.०’ को हिन्दी भर्सनले पनि पहिलो दिन २० करोड २५ लाख कमाएको थियो । ‘जिरो’ २ सय करोडमा बनेको चलचित्र हो । स्क्रिन सर्वाधिक मिले पनि पहिलो दिन चलचित्रले राम्रो परफर्म गर्न चुकेको छ ।

‘जिरो’ लाई आनन्द एल रायले निर्देशन गरेका हुन् । यो फिल्म यसकारणले पनि चर्चामा थियो, किनकी यसको एक गीतमा बलिउड सुपरस्टार सलमान खान र शाहरुख दुवै देखिएका थिए । गीतलाई निकै रुचाइएको छ । स्वर्गीय अभिनेत्री श्रीदेवीको एक झलक पनि यस चलचित्रमा छ । चलचित्रमा धेरै स्टार्स स्पेशल अपियरेन्समा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu