१३ वर्षीया बालिकाको कथामा ‘कोपिला’ बन्दै



गत वर्ष पञ्चायत निर्देशन गरेका लेखक तथा निर्देशक शिवम अधिकारीले निर्देशन गर्ने नयाँ चलचित्र ‘कोपिला’ बनाउने भएका छन् । एक १३ वर्षीया बलात्कृत बालिकाको कथामा चलचित्र बन्न लागेको हो । आइतबार चितवनको हाकिमचोकमा रहेको मलिका मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको छ ।

कार्यक्रममा कलाकारहरु सरिता गिरी, गणेश गिरी र सञ्जिवनी खरेलले मुहूर्त सट दिएका थिए । सञ्जिवनीले बलात्कृत बालिकाको भूमिका निभाउँदै छिन् । ८० लाखमा निर्माण हुने चलचित्रलाई पत्रकार मणिराज गौतमले निर्माण गर्नेछन् ।


उनलाई लगानीमा करुणकर घिमिरेले सघाएका छन् । गणेश गिरी फिल्मको प्रस्तुतकर्तामा छन् । सुवासराज काफ्ले कार्यकारी निर्माता रहेको यस चलचित्रमा समिर मिया, रामेश्वर र मेनुका ढुंगाना सह-निर्माताको रुपमा रहेका छन् । निर्देशक अधिकारीले चलचित्र समाजभित्र घटिरहेका घटनामा आधारित रहेको बताए ।

उनी भन्छन्, ‘‘पञ्चायत’ जस्तैजस्तै हो ‘कोपिला’ पनि । मात्र परिस्थिति र परिवेश फरक हो । वर्षौदेखि बलात्कारको घटनाहरु घटिरहेका छन् । यही संवेदनशिल विषयमा केन्द्रित रहेर चलचित्र बनाउन लागेका हौं । चलचित्रमार्फत् यस्तो गर्‍यौं भने बलात्कारको घटना रोक्न सकिन्छ भन्ने हामीले एउटा दृष्टिकोण बनाएका छौं ।’


चलचित्रमा सरिता, गणेश र सञ्जिवनीसँगै ऋद्धिचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरेलगायतका कलाकारहरुको अभिनय रहनेछ । रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत चलचित्रमा रहनेछ । चितवन आसपासमा चलचित्रको छायांकन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu