एक्सनले भरिएको निखिलको ‘भिलेन’ ट्रेलर रिलिज (भिडियो)



अभिनेता निखिल उप्रेती स्टारर चलचित्र ‘भिलेन’ को ट्रेलर सार्वजनिक भएको छ । ‘एक्सन प्याक्ड’ ट्रेलरमा उनलाई मधेशी अवतारमा देख्न सकिन्छ । उनको डबिङ भने अरुले नै गरेका छन् । प्रेममा परिवार भिलेन बन्दा उत्पन्न हुने परिस्थिति ट्रेलरमा देखाइएको छ ।


ट्रेलरमा अभिनेत्री शिल्पा पोखरेलले पर्याप्य ‘स्क्रिन स्पेस’ पाए पनि अर्की अभिनेत्री निशा अधिकारीलाई भने अत्यन्त कम छ । पुष २७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यस चलचित्रमा कपिल खत्रीको पनि लिड अभिनय छ । चलचित्रमा निखिलको प्रेमिकाको भूमिकामा निशा छिन् ।

द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । चलचित्रमा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह-निर्मातामा छन् ।

चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ । अभिनेता निखिल गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘पिंजडा ब्याक अगेन’ पछि पर्दामा फर्किएका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu