रिलिज अगावै ‘जय श्री दाम’ को १५ मिनेटको सिन सार्वजनिक (भिडियो)



पुष २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जय श्री दाम’ ले प्रचारमा पहिलो पटक फरक प्रयोग गरेको छ । २ मिनेटको ट्रेलर सार्वजनिक गरिसकेको चलचित्रले सुरुवातको १५ मिनेटको दृश्य पनि सार्वजनिक गरेको छ । प्रायः चलचित्र हलमा रिलिज भएपछि प्रिभ्यू युट्युबमा रिलिज गर्ने गरिन्छ ।

प्रिभ्यू दृश्यमा चलचित्रको केन्द्रिय द्वन्द्व देखाउन खोजिएको छ । निर्देशक बिप्लोप उप्रेतीले दर्शकलाई लोभ्याउन र नझुक्याउन १५ मिनेटको प्रिभ्यू भिडियो सार्वजनिक गरेको बताए । उनले भने, ‘हाम्रो चलचित्रमा न महँगो बजेट, न स्टारकास्ट, न गीत नै छ । तर, हाम्रो कन्टेन्ट बलियो छ । यसकारण एक्सपेरिमेन्ट गरेका हौं ।’


१५ मिनेटको प्रिभ्यू भिडियोमा अभिनेता अमृत ढुङ्गाना र अभिनेत्री जेबिका कार्कीको प्रेममा परिवार बाधक हुँदा उत्पन्न हुने समस्या देखाइएको छ । कमेडी जनरामा निर्माण भएको चलचित्र ‘जय श्री दाम’ ले पैसा कमाउन गर्ने पात्रहरुको कथा वाचन गर्ने निर्देशक उप्रेती बताउँछन् ।

उक्त फिल्म मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको हो । चलचित्रको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह-निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य छन् ।

निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको यसमा मित्र डि गुरुङको सम्पादन छ भने सिनेम्याट्रोग्राफरमा नवराज उप्रेती हुन् । रविन आचार्य डिओपी रहेको चलचित्रमा विनोद न्यौपाने, राजन खवितडा, प्रमोद अग्रहरी र विष्णु सापकोटा पनि लिड अभिनयमा छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu