एक्सनले भरिएको ‘रुमालै छ चिनो’ ट्रेलर (भिडियो)



वीर गोर्खालीको बहादुरीको कथामा नेपाली चलचित्र ‘रुमालै छ चिनो’ निर्माण भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले फागुन १० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरेको छ ।

ट्रेलरमा भारतबाट युद्ध लडेको एक युवकको बहादुरी देखाइएको छ । चलचित्रमा इन्डियन आर्मीको भूमिकामा अभिनेता सुशान्त कार्की छन् । उनको अपोजिटमा अफ्साना थापा छिन् । उक्त चलचित्रलाई निर्देशन दिनेश सिंह ठकुरीले गरेका हुन् ।


रेशम थापाको चर्चित लोक गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर यो चलचित्र निर्माण भएको हो । रेशम थापाको कथा रहेको चलचित्रमा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डितलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता कार्कीले चलचित्रका लागि निकै मिहिनेत गरेको बताए । उनले भने, ‘चलचित्रका लागि कति मिहिनेत गरेँ शब्दमा भन्न सक्दिनँ । यसअघिका चलचित्रमा भन्दा फरक देखिनका लागि तीन महिना छायांकन नै रोकेर मैले सिक्सप्याक शरीर बनाएको थिएँ ।’

अभिनेत्री अफ्साना भने डेब्यु चलचित्रबाट निकै आशावादी रहेको बताइन् । ज्योती फिल्मसको ब्यानरमा बनेको यस चलचित्रमा चन्द्र ब.खड्का, दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् । यो चलचित्रको यसअघि नै ‘ए माया…’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu