अर्पणको ‘घर’ मा सुरक्षाको प्रवेश



अभिनेता तथा निर्देशक अर्पण थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘घर’ मा अभिनेत्री सुरक्षा पन्त अनुबन्ध भएकी छन् । बिहीवार अभिनेत्रीसँग निर्माता/निर्देशकको कागजी सम्झौता भएको छ ।

चलचित्रका लागि अझै एक नायिकाको खोजी भइरहेको छ । चलचित्रमा निर्देशक अर्पण स्वयं प्रमुख भूमिकामा देखिँदैछन् । चलचित्र हरर जानरामा निर्माण हुन लागेको हो । ‘घर’ लाई डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको हो ।

चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । उनलाई लगानीमा सन्तोष अधिकारीले सहयोग गर्दैछन् । चलचित्रको छायांकन माघको दोस्रो साताबाट सुरु हुँदैछ । चलचित्रको कथा निर्देशक थापाकै हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu